विप्लवका केन्द्रीय कमान्डर सुदर्शनविरुद्ध चारवटा मुद्धा

admin

काठमाडौं, चैत १० : काभ्रेबाट शनिबार बिहान पक्राउ गरिएका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रीय कमान्डर हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध प्रहरीले चारवटा मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

ललितपुर प्रहरी परिसरले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधसहित चारवटा मुद्धामा उनिहरुलाई जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान बढाएको हो।

ललितपुरको नख्खुमा भएको बम विस्फोटको जिम्मा सुदर्शनले पार्टीका तर्फबाट लिएका थिए। त्यस घटनामा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले संगठित अपराधको मुद्धाले कर्तव्य ज्यानलगायतका घटनालाई समेट्ने बताए। ‘ अब घटनाकेन्द्रीय अनुसन्धान हुँदै जान्छ। नख्खु विस्फोटको जिम्मा पार्टीले नै लिएकाले यसमा संगठित अपराध मुद्धा आकर्षित हुनेछ’, एसएसपीसमेत रहेका सुवेदीले भने।

प्रतिक्रिया