विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको गोपाल खड्काले दिए सनसनीपूर्ण बयान !

मनिषा थापा

भक्तपुर : पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफ्नो बयान दिएका छन्। भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा बढी चन्दा दिएको बताएका हुन् ।

खड्काले बयानमा विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन्। विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलालाई उक्त चन्दा/सहयोग दिएको खड्काले स्पष्टीकरण दिएका छन् । खड्काले नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट पत्रकार ऋषि धमलालाई चन्दा दिएका हुन् । उनले आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण फेहरिस्त पेश गरेका छन् । त्यसबाहेक आफूले अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार गरेका छन् ।

खड्काले अख्त्यिारलाई दिएको बयानमा आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको बताएका छन् । खड्काको बयानअनुसार उनले सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् ।

प्रतिक्रिया