विप्लव समूहका नगर सचिव पक्राउ

admin

कञ्चनपुर, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कञ्चनपुर भीमदत्त नगरपालिकाका नगर सचिव ४१ वर्षीय रघुवीर जोशी पक्राउ परेका छन् ।

जोशीलाई सोही नगरपालिका–९ मटैनास्थित नेपाल–भारत सीमा स्तम्भ नं ५ नजिकबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । “पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको छ” उहाँले भन्नुभयो । जोशी भीमदत्त नगरपालिका–९ रिङौनाका बासिन्दा भएको बताइएको छ ।
-रासस

प्रतिक्रिया