विमानस्थलमा तोडफोड गरेको अभियोगमा राजपा सांसद शाह पक्राउ !

मनिषा थापा

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जनकपुरमा बुद्ध एयरको टिकट काउण्टर तोडफोड गरेको अभियोगमा आज मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।

जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पुर्याइने भएको छ।

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए। साह राजपाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यद्दपी उनले भने  विमानस्थलको लार्पवाही सहन नसकेर तोडफोडमा उत्रिएको बताईरहेका छन्।

घटनापछि वायु सेवा संचालक संघहरुले सात दिनभित्र कारबाही नगरे जनकपुर विमानस्थलमा उडान नभर्ने चेतावनी दिएका थिए। उनीहरुले हिजो नै विज्ञप्ति जारी गरी चेतावनी दिएपछि कारबाही अगाडि बढाइएको थियो । 

प्रतिक्रिया