विवादमा फसेको भारतीय प्रम मोदीको बायोपिकको ट्रेलर युट्युबबाट एकाएक गायब

रिता घिसिंग

एजेन्सी : विवादमा फसेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको ट्रेलर यूट्यूबाट एकाएक गायब भएको छ । यूट्यूबमा ट्रेलर खोज्दा भिडियो उपलब्ध नभएको सन्देश दिइन्छ । फिल्मको रिलिज मिति नै धेरै पटक सरिसकेको छ । चुनाव आयोगले शुक्रबार चुनावको समयमा यस फिल्मको रिलिजमा रोक लगाइदिएको थियो ।

आयोगले जारी गरेको आदेशमा उमेदवारको छविलाई प्रत्यक्ष रुपमा बढाई चढाई गराउने यस्तो कुनै पनि प्रचार सामाग्री या पोस्टरको प्रचार गर्न नदिने जनाइएको थियो । त्यस्तो कन्टेन्टलाई आचार संंहिता अन्तर्गत इलेक्ट्रोनिक मिडियामा देखाउन नहुनेबारे आदेशमा जानकार गराइएको थियो । जसकारण सुप्रिम कोर्टले चुनाव आयोगबाट प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पिएम’नरेन्द्र मोदी’ को रिलिज मिति १९ अप्रिलदेखि पहिला नै फैसला गर्नको लागि भनेको थियो ।

कोर्टले रिलिज मिति तय गर्नु पहिला चुुनाव आयोगले पुरै फिल्म हेर्ने जनाएको थियो । यलाई मध्यनजर गरेर आज बुधबार चुनाव आयोगले फिल्म हेर्नेछ र कोर्टलाई बुझाउनेछ । यसको सुनुवाई भने २२ अप्रिलमा हुनेछ । फिल्ममा विवेक ओबरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । ओमंग कुमारले निर्देशन गरेका फिल्मलाई सन्दीप सिंहले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू