विवाह गरेको तीन मिनेटमै डिभोर्स ! कारण एस्तो

कृष्ण रोकाया

कुवेत २६ माघ:कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ ।

यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् ।

 

अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् ।

सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’

प्रतिक्रिया