विश्वमै पहिलो पटक पाँच क्यामरा भएको ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक

मनिषा थापा

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । एचएमडी ग्लोबलले  गरेको हो । एचएमडीले यसको मूल्य छ सय ९९ डलर तोकेको छ ।

मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । प्रि–अर्डर गरेकाले भने तुरुन्तै पाउनेछन् । यी प्रत्येक क्यामरा १२ मेगापिक्सलका रहेका छन् । दुई वटा क्यामेराबाट पूर्ण रंगिन तस्विर खिच्न सकिने छ । बाँकी तीन वटा क्यामरा ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोग्राफीको लागि उपयुक्त रहेका छन् ।

एमडीले लाइट लक्स क्यापसिटर क्यामेरा कन्ट्रोल चिप प्रविधिले एकैसाथ ५ वटै क्यामरा सजिलै चल्ने बनाएको छ । पियोर भ्यूको सेल्फी क्यामेरा पनि २० मेगापिक्सलको रहेको छ । यसमा क्वालकम स्नापड्रागन ८४५ प्रोसेसर जडान गरिएको छ ।

यस्तै, ६ जीबी र्याम र एक सय २८ जीबी मेमोरी रहेको छ । छिटो चार्ज हुने प्रविधि रहेको यो स्मार्टफोनको ब्याट्री मिडियम रहेको छ । वायरलेस चार्जिङ सुविधा पनि रहेको छ ।

प्रतिक्रिया