चीनले आफनो सबैभन्दा ठुलो सैन्य परेड आयोजना गर्दै

मनिषा थापा

पिएनपिखबर : चीन साम्यवादीको ७० वर्षीय शासन पुरा भएको उपलक्ष्यमा चीनले विशाल सैन्य परेड आयोजना गर्ने भएको छ। १ अक्टुबरमा हुन् लागेको उक्त परेडमा पहिलोपटक अत्याधुनिक सैन्य क्षमता प्रदर्शन गर्नेछ।

यो आयोजना यस्तो समयमा हुन् लागेको छ जहाँ अमेरिका-चीनबीच कारोबारको युद्ध बड्दै गईरहेको छ । बेइजिङ र वाशिंगटनबीच दक्षिण-पूर्वी एशियामा प्रभाव बढाउने संघर्ष चलिरहेको छ।

१९९७ मा इंग्ल्याण्डद्वारा चीनलाई जिम्मा दिए पछि अर्ध स्वायत्त हंकंगमा पनि लोकतन्त्र बहाली र चीनीया हस्तक्षेप रोक्नको लागि सबैभन्दा ठुलो आन्दोलन जारी छ। चिनियाँ सेनाका अधिकारी जनरल काई झिजुनको अनुसार परेडमा नागरिकलाई पनि सहभागी गराइनेछ। यस आयोजनाको लक्ष्य कुनै देश वा घटनालाई प्रभावित पार्न नहुने स्पष्ट पारे । 

प्रतिक्रिया