विश्व शान्तीको कामना गर्दै भवानी माता चार धाम यात्रामा

रिता घिसिंग

काठमाडौँ: विश्व शान्तीको कामना गर्दै भवानी माता आज (शुक्रबार) चार धाम यात्रामा निस्किएकी छिन । देशमा विभिन्न समस्या आइपरेको र पृथ्वीमा नै प्रलय आउनसक्ने हुनाले शिव शक्ति नाग स्वरूपले परिचित माता चार धाममा पूजाअर्चना गरेर विश्व शान्तीको लागि १ महिने यात्रामा निस्किएकी हुन् । चार धाम यात्रामा विभिन्न धार्मिक पिठको भ्रमण र विश्व शान्तिको कामना गर्दै पुजाअर्चना हुनेछ। भवानी माता संगै मन्दीरको संचालक समिति समेत यात्रामा संगै निस्किएको छ।

नेपालमा बढ्दै गरेका हत्या, हिँसा, बलात्कार जस्ता घटनाहरु पितृ शक्तिलाई मान्न नसकेको कारण भएकोले पितृ शक्तिलाई मान्नुपर्ने बताउदै उनले समस्या देखाउने मात्र होइन समाधान गर्नु धर्मगुरुहरुको कर्तव्य भएको पनि औल्याइन। देवी-देवतालाई पछिल्लो समय पुजा आजा गर्न छाडेको र आफ्नो धर्म, संस्कृति मास्न धेरै लागिपरेकोले पनि ठुलो दुर्घटनाबाट नेपालीलाई बचाउन यो धार्मिक यात्रा तय गर्नुपरेको उनले बताइन ।

पछिल्लो समय ज्योतिष, माताको हवाला दिदै जनमानसमा त्रास फैलाउन लागिपरेकाहरुलाई सचेत हुन आग्रह गर्दै आगामी दिनमा जनमानसमा त्रास फैलाउने काम बन्द गर्न आग्रह पनि गरिन। भबिष्यवाणीको नाममा आर्थिक प्रलोभनमा परेर आवेशमा आएर अनावश्यक बोल्नु गुरु, ज्योतिष, माताको काम होइन भन्दै समस्या समाधान गर्न पनि अग्रसरता देखाउनु पर्ने उनले बताइन।

यात्रामा निस्कदा भक्तजनमा पर्न जाने असुविधा प्रति क्षमा मागी आगामी गुरु पुर्णिमाको दिनमा मन्दीरको आउदै गरेको बार्षिकोत्सवमा समेत उपस्थित हुन सबै भक्तजनलाई आग्रह गर्दै भवानी माताले शिव शक्ति नाग स्वरूप मन्दिरको नित्य पुजा भने मन्दिर बन्द रहेतापनि बाहिरैबाट चलिरहने जानकारी दिइन। माताहरु पछिल्लो समयमा भबिष्यवाणी गर्ने गरेतापनि भवानी माता भने शक्तिको भक्ति गर्नुपर्छ भन्ने मान्यतामा बिश्वास गर्छिन। गत वर्ष विश्व शान्तिको कामना गर्दै सप्ताह कार्यक्रम गरिसकेकी माताले यस वर्ष भने चार धाम यात्रामा निस्किएकी छिन।

प्रतिक्रिया