विष्णु माझीलाई बिर्साउने धना परियारलाई बुबाको तिरस्कार, मिडियामा पहिलोपटक युवकको साथमा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। धना परियारको भिडियो एकाएक सामाजिक संजालमा छाउन थाल्यो। त्यस पश्चात उनी हाइलाइटमा आइन्। सानै उमेरमा जलेर अंगभङ्ग भएकी उनी दैलेख जिल्लामा जन्मिएकी हुन्।

 

सुदुरपश्चिममा रजश्वला भएको बेलामा छुट्टै सानो कटेरोमा बस्ने परम्परा छ। त्यसलाई छाउगोठ भनिन्छ। आमा महिनावारी (रजश्वला) भएको बेलामा आमासँगै छाउगोठमा बसेकी धना आगोमा जलेकी थिइन्।

उनी भाइरल हुनुमा उनको जादुमय आवाजको ठुलो भूमिका छ। अझ धेरैले त उनको आवाजलाई पछिल्लो समयकि निकै चर्चित गायिका विष्णु माझीसँग तुलना समेत गरेका छन। अन्तर्वार्तामा उनको जादुमय आवाज सुनेर उनलाई गीत गाउन अफर आउँन थालेको उनको भनाई छ। 

छोटो समयमा नै उनको आवाजमा करिव ८ वटा गीत रेकर्ड भइसकेका छन्। गीत रेकर्ड सँगसँगै उनको जलेको अंगहरुको उपचार गर्न उनलाई व्यक्ति लगायत विभिन्न संस्थामार्फत आर्थिक सहयोग पनि जुटिरहेको छ। 

उनको शरीर जले पछि उनलाई आफ्नो बुबाले तिरस्कार गरेको पिडा जहि उनको मनमा गाडेको छ। पछिल्लो समय उनले रेकर्ड गरेको गीतमा उनले आफ्नो बुबालाई यस्तो सन्देश दिएकि छिन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू