काठमाडौँ, १४ असोज : शान्ति श्री परियार र रामचन्द्र खाम्चाको आवाजमा रहेको अत्यन्तै मार्मिक दशैं गीत “आउन पाइन घर” भर्खरै मात्रै बजारमा आएको छ ।
उक्त गीतको भिडियोलाई अविरल फिल्म्सले बजार व्यवस्थापन तथा दृश्य निर्माण गरेको छ। जसलाई बिष्णु भट्टराईले निर्देशन, छायांकन र सम्पादन गरेका छन् ।
प्रदेशीको कथा व्यथालाई समेटी तयार परेको गीतमा लय सब्द विजय सुनामको रहेको छ भने भिडियोलाई बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ l सन्तोष शर्मा, परि शर्मा, रक क्षेत्री, सोफिया बोहरा लगायतक कलाकारको अभिनय हेर्न सकिन्छ।
“आउन पाइन घर” गीतको मन छुने भिडियो हेर्नुहोस् :