शालिकरामकाे भिडियाे सार्वजनिक गर्ने अनलाइनबाट अनुसन्धान शुरु गर्नुपर्छ : अधिवक्ता त्रिपाठी

मनिषा थापा

पिएनपिखबर  : कानुनविद तथा अधिवक्ता दिपेश त्रिपाठीले शालिकरामकाे भिडियाे सार्वजनिक गर्ने अनलाइनबाट अनुसन्धान शुरु गर्नुपर्ने बताएका छन्। उक्त भिडियो सम्पादन गरिएको हो या कसैको दबाबमा खिचिएको हो भन्नेबारे जरै देखि अध्धयन गर्नु जरुरी रहेको उनले जनाए। 

उनले प्रमाणको रुपमा महत्वपूर्ण , मानिएको भिडियो प्रहरीले नै पाएको हो भने यसरी लिक गर्न नहुने र लिक किन भए भन्ने बारे पनि अनुशन्धान हुनुपर्ने उनले बताए।  उनले प्राप्त भिडियो र लाशको प्रकृतिले घटनाको रहस्य पत्ता लाग्ने उनको धारणा छ। जति पनि भएको आशंका छ त्यसमा प्रहरीले आफ्नो कर्तब्य सम्झेर काम गर्नुपर्ने र प्रहरीलाई पनि कुनै दबाब नदिई अनुसन्धान गरी न्याय दीलाउन मद्दत गर्न उनको सुझाब छ। 

कुनै पनि व्यक्तिलाई मुद्दाको अनुसन्धानको शिलशिलामा हिरासतमा राख्ने अधिकार रहेको उनले जनाए। रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की  हिरासतमा लिनु सामान्य कानुनी प्रक्रिया रहेको उनको भनाई छ।  

बाँकी हेर्नुहोस भिडियोमा…..

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू