शालिकरामकी श्रीमतीले दिईन रवि लामिछाने विरुद्ध प्रहरीमा जाहेरी

शर्मिला गुरुङ

काठमाडौं, १ भदौ : पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध उजुरी दिएकी छन् । मृतक पुडासैनीकी श्रीमती सम्झना घिमिरेले रवि लामिछानेसहित युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन् ।

हिजो शनिबार पुडासैनीको १३ दिनको काजक्रिया सकिए लगतै आज आइतबार सम्झना आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

सम्झनाले किटानी जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेको दाबी गरेकी छिन् । उनले तीनै जनालाई मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् ।

साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको गोप्या भिडियो सार्वजनिक भए लगतै प्रहरीले गत बिहिबार नै पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न भनेर रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरीसकेको छ ।

लामिछानेसहित युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको थियो भने लामिछानेका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रदर्शन समेत गरिरहेका छ।

प्रतिक्रिया