शालिकरामकी प्रेमिकालाई आफुले भेटिसकेको भन्दै रविको पक्षमा बोले ज्ञानेन्द्र शाही

मनिषा थापा

पिएनपिखबर : अभियान्ता ज्ञानेन्द्र शाहीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि प्रहरीले धरकपट गरेको आरोप लागाएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले एउटा भिडियो कै भरमा अनुसन्धानको लागि भनेर प्रहरीले रातारात काठमाडौँबाट चितवन लानु आवश्यक नदेखिएको बताए।

पुडासैनीको सार्वजनिक भिडियोमा युवराज कंडेल र रवि लामिछानेले कुटपिट गरेको, धम्क्याएको, यातना दिएको भन्ने कुरा कतै नभेटिएको उनले जनाए। उक्त सार्वजनिक भिडियोमा पारिश्रमिकको कुरा उठाइएको कारण मुद्दा पनि कर्मचारीलाई नभई कम्पनीको मालिकलाई लागु पर्ने उनको विश्लेषण छ। 

त्यस्तै, उनले मृतक शालिकराम पुडासैनीको प्रेमिका भनिएकी अस्मिता कार्कीको अस्मिता माथि नै खेलबाड भएको उल्लेख गरे। अस्मिताको व्यक्तिगत म्यासेज सामाजिक संजालमा छरप्रष्ट पार्नु अपराध रहेको उनको भनाई छ। उनले अस्मिता कार्कीलाई आफुले भेटेको बताउँदै भने, ‘शालिकरामलाई अत्याधिक माया गर्ने तर प्रेमसम्माबन्धमा रहंदा श्रीमती रहेको पुडासैनीले नभनेको र थाहाँपाएपछि आफै टाढा हुँदै गएको अस्मिताले भेटमा रुँदै बताएकी थिइन।’

रवि लामिछाने पर्दा अगाडीका हिरो हुन् भने शालिकराम पुडासैनी पर्दा पछाडीका हिरो रहेको जनाए। भ्रष्टाचार विरुद्ध पुडासैनीको योगदान ठुलो रहेको उनको भनाई छ । घटनाको अनुसन्धान भई दोषीलाई कारवाही हुनुपर्ने र सत्यलाई तोडमोड गर्न खोजे सम्पूर्ण नागरिक सडकमा आउने उनले चेतावनी दिएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू