पिएनपिखबर, भक्तपुर : बलिउडका बादशाह मानिने शाहरुख खानकी छोरी सुहाना खानको पनि सामाजिक सञ्जालमा कयौ फ्यानहरु छन । सामाजिक सञ्जालमा उनको फोटो र भिडियो तीव्र रुपमा छोटो समय मै भाइरल हुन्छन्। हालै मात्र सुहानाको एउटा फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो जसमा उनी नयाँ साथीहरुसँग रमाइलो गर्दै हाँसीमजाक गर्दै गरेको देखिन्छ।
वास्तवमा शाहरुख खानकी छोरी सुहाना खान आफ्नो पढाईका लागि न्यूयोर्क पुगेकी थिईन । त्यहि समयमा उनले त्यहाँ साथी बनाएकी थिईन। हालै अपलोड नयाँ भिडियोमा सुहानाका साथमा केहि साथीहरु देखिएका छन्। जसको साथमा उनि हाँसीमजाक गरिरहेकी देखिन्छन।
हालै मात्र उनका कलेजको एउटा भिडियो भाइरल भएको थियो। लण्डनको आर्डिग्ले कलेजबाट स्नातक गरेकी उनले २८ जुनमा आफ्नो स्नातक सकेकी हुन्। उनले स्नातक सकेपछि पार्टी पनि मनाईन। शाहरुख खानले आफ्नो ट्विटरमार्फत आफ्नी छोरीले स्नातक गरेको जानकारी पनि दिएका थिए।
शाहरुख खानले आफ्नी छोरीसँग फोटो ट्याग गर्दै लेखेका थिए- ‘स्कूल सकिए पनि पढाई जीवनमा अन्त हुँदैन। सधै केहि न केहि सिकि राख्नुपर्छ।’ सुहानाको स्नातकमा समारोहमा गौरी खान पनि पुगेकी थिइन्। उक्त उत्सवमा सुहाना खानलाई रसेल कपले सम्मान गरिएको थियो।
शाहरुखकी छोरी सुहानालाई अभिनयमा मोह
शाहरुख खानकी छोरी सुहाना पनि अभिनयमा आफ्नो नाम कमाउन चाहान्छिन। शाहरुखले उक्त कुराको जानकारी एक अन्तर्वार्तामा दिएका थिए भने सुहानाले ‘द ग्रे पार्ट अफ ब्लु’ नामक एउटा लघु चलचित्रमा आफ्नो अभिनय कला देखाइसकेकी छिन।