आर्यन कलेजमाथि विद्यार्थी ठगीको आरोप, आफ्नै कलेजभित्र प्रवेशमा रोक लगाइएको विद्यार्थीको गुनासो (भिडियो)

मनिषा थापा

पिएनपिखबर,भक्तपुर : आमा बुबा पछिका भगवान भनेका स्कुल, कलेजका गुरुहरु मानिन्छन। तर आज राजधानीको एक कलेजमा गुरुहरुले आफनै विद्यार्थीहरुबाट लाखौको ठगी भएको खबर बाहिरिएको छ।

मध्य वानेश्वरमा रहेको आर्यन कलेजको अवस्था तनावग्रस्त बनेको छ। सिभिल इन्जिनियरिङ्ग पढ्न गएका ४४ विद्यार्थीलाई कलेजमा नयाँ भर्ना लिने बेलामा अन्तिम सेमेस्टरमा दुबईमा इन्टरसिप गर्ने लाने नभए एक लाख नगद दिने आश्वासन दिएको थियो। तर अहिले अन्तिम सेमेस्टरमा पुग्दा दुबई नलाने कुरा आएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन्। यति मात्र नभई कलेजका विद्यार्थी प्रकाश विष्टलाई प्रमुख प्रशासकले छुट्टै बोलाएर १२ जनालाई गोवा पठाउने बताएका थिए।

अहिले आफ्नै कलेजमा प्रहरी लगाएर कलेजभित्र छिर्न समेत् नदिएको विद्यार्थीहरुको गुनासो छ। ती मध्य एक विद्यार्थीले भने, ‘शान्तिपूर्ण माग राखी आन्दोलन गर्दा पनि कलेजले दादागिरी देखाएको छ। यसले गर्दा हाम्रो पढाईमा पनि नकारात्मक असर परेको छ।’

कलेजको शान्ति भंग भएको भन्दै कलेजले विद्यार्थी जय कुमार कर्ण र प्रकाश विस्टमाथि उजुरी दर्ता भएको उनीहरुको भनाई छ। परिक्षा नजिकिदै गर्दा पढ्न पनि समेत् नपाएको विद्यार्थीहरुले कलेजले कुरा नसुने पछि हन्ड्रेड एस ग्रुपको साहायताबाट माग पुरा गर्न लागि परेका छन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू