शैक्षिक भ्रमणकाे क्रममा भक्तपुर बसपार्कबाट ११ बर्षिय बालिका बेपत्ता

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : पौष २७ गते मण्डनदेउपुर-१०, चण्डेनी मण्डन स्थित उमा सहशिक्षालय मा.वि.का ११ वर्षीय छात्रा सुन माया तामाङ शैक्षिक भ्रमणकाे क्रममा भक्तपुर बसपार्कबाट हराएकी हुन्। प्रत्यक वर्ष विद्यालयले विद्यार्थीलाई शैक्षिक भ्रम लाने गरेको उक्त विद्यालयको एक शिक्षकले बताए।

यस पटक भने भक्तपुर स्थित दरवार स्क्वायर र जाउलाखेल स्थित चिडियाखानामा घुमाउने योजाना बनाई पौष २७ गतेको दिन विद्यालयको टिम विद्यार्थी सहित विद्यालयबाट निस्केका थिए।

सुन माया सामान्य परिवारकी बालिका हुन् । उनकी आमा अर्को विवाह गरेर गए देखिन् नै उनी हजुरआमाको छत्रछायामा हुर्केकी हुन् । मानसिक र शारीरिक रुपले स्वस्थ्य उनी एक्कासी कसरि बेपत्ता भईन् भन्ने बारे सबै अलमल्ल छन्। यद्दपि प्रहरी मार्फत खोजि कार्य भने भइरहेको छ।

उनलाई सोहि दिन भक्तपुरको सबै ठाउँ खोजि गरिसकेको छ । कहिँ कतै नभेटिए पछि उनलाई खोजि पाउ भनि प्रहरीमा निवेदन दिइएको हो।

बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू