श्रममन्त्री मोरक्को प्रस्थान

admin

काठमाडौँ, २१ मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभयो ।

मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाउनु हुनेछ । उहाँ यही मङ्सिर २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
-रासस

प्रतिक्रिया