श्रीमतीले छाडेर गएपछि पिडामा परेका निलमणी भन्छन, ”३२ लाख अपाङ्ग मध्य सबैभन्दा अभागी मै रहेछु”[हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  निलमणी भण्डारी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्। उनी प्राय दोहोरी गीतहरुबाट चर्चित छन्। उनले हालै पनि रवि लामीछानेको समर्थनमा व्यङ्ग प्रहार गरि गीत प्रस्तुत गरेका थिए जुन निकै भाईरल बनेको थियो।

उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

उनी आफू अशक्त भएकै कारण अध्ययनमा निरन्तरता दिन पाएनन् । तर गायनलाई भने कहिल्यै छाड्न सकेनन् । भण्डारीले अहिलेसम्म कुइरोलाग्यो बादल लाग्यो, नछर एदृष्टी , कुर्ले ढुकुर कुर, चारतिरै वास्ना छरेर जस्ता एक दर्जन लोक गिति एल्बम दर्शक माझ निकाली सकेका छन् । उनले समाज सेवीहरुको बारे देखि समाजको अबस्थालाई चित्रण गरि गीत लेखें गाउने गर्छन। गायन क्षेत्रको साथै मिडियामा पनि आबद्ध छन्।

पछिल्लो समयमा उनीमाथि ठुलो बज्रपात आईपरेको छ। उनको जीवनभर  साथ् दिन्छु भनेर वाचा गरेकी श्रीमतीले अहिले उनलाई डिभोर्स दिएकी छिन्। उनीहरुबीच प्रेम विवाह भएको थियो। २०६० साल देखि प्रेम सम्बन्धमा बाधिएका निलमणीको २०६३ सालमा प्रेमिका संगै  विवाह भयो तर अहिले भने उनीहरुको सम्बन्धमा पूर्णविराम लागेको छ। उनी अहिले निकै चिन्तित छन्। उनको श्रीमतीले विगत डेढ वर्ष देखि सम्बन्ध तोड्ने कुरा गरिरहेकी थिइन्। शुरुमा त भण्डारीले मानेका थिएनन तर पछि भने उनी समबन्ध विच्छेद दिन बाध्य भए।

२०६८ सालमा उनी श्रीमानकै सल्लाहमा दुबई गएकी थिइन् तर उनले बाहिर भए पनि निकै माया दिने गरेको नीलमणि बताउँछन। तर के कारणले अहिले उनले सम्बन्ध तोडिन् भन्ने कुरामा अनभिग्य रहेको बताए। तर  समबन्ध विच्छेदको एउटा कारण आफ्नो  व्यस्तताले गर्दा उनले फोन गरेको समय सम्पर्कमा आउन नसक्नु  पनि रहेको उनको अनुमान छ ।

उनले आफ्नो जीवनको वृतान्त कथाले भरिएको पुस्तक चाडै ल्याउने उनको भनाई छ। ” बुबा आमाले अझै पनि बुहारीको राम्रो होस् भने र कामना गरिरहेका छन्। उनको कुनै गुणमा कमि थिएन। त्यति धेरै माया गर्ने श्रीमती पाउँदा निकै भाग्यमानी ठान्दथे। तर अहिले उनको साथ् नहुँदा ३२ लाख अपाङ्ग मध्य अभागी मै लाग्छ।” उनले भने।

निलमणीकी १२ वर्षिया एक छोरी छिन्। छोरी अहिले उनकै श्रीमतीसँग बस्ने गर्छिन। भण्डारीको श्रीमतीले नै हुर्काईरहेकी छिन्। भण्डारीले छोरी आफुसंगै राख्नु पर्छ भनेर अदालत नधाएको बताए। तर अदालतले भने भण्डारीलाई छोरीसँग भेट्ने वातावरण सृजना गरिदिएको छ। यदि भविष्यमा उनले कसैसंग विवाह गरिन भने पनि आफुले फूलमालाले स्वागत गर्ने बताए । बाँकी हेर्नुस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू