श्रीमतीले डिभोर्स मागेपछि श्रीमानले गरे श्रीमती सहित २ छोरीको हत्या (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अमेरिकाको पश्चिमी कालोराडो राज्यमा भएको यो घटना निकै दर्दनाक छ । क्रिस वाट नाम गरेका ३३ बर्षीय पुरुषले आफ्नै श्रीमती शानन वाट र छोरीहरु ४ बर्षीया बेला र ३ बर्षीया क्लेस्टाको गत अगस्टमा १३ मा हत्या गरेका छन्।

हत्याको आशङ्कामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दा उनैले हत्या गरेको खुलेको छ । श्रीमतीले सम्बन्ध विच्छेदको कुरा निकालेपछि उनले आवेगमा आएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

कालोराडो प्रहरीले अनुसन्धानकै क्रममा एउटा भिडियो फुटेज भेटेपछि हत्यारा पत्ता लगाउँन सजिलो भएको हो।भिडियो फुटेजमा क्रिसले नाबालिका क्लेस्टाको घाँटी थिची हत्या गरेको देखाइएको छ।

यो फुटेज उनको घरमै रहेको सिसिटिभीमा कैद भएको थियो । प्रहरीका अनुसार उनले पहिले आफ्नो श्रीमती र पछि छोरीहरूको हत्या गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया