श्रीमतीले धूम्रपान नगर भनेपछि श्रीमानले गरे ७ महिनाकी गर्भवती श्रीमतीको हत्या

रिता घिसिंग

एजेन्सी : रसियामा एक पुरुष श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरेका छन्। पिटर मुस्कोभ नाम गरेका पति अल्गा मुस्कोभ नामकी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । रुसको दक्षिणी क्षेत्र खोस्कीमा आफ्नै घरमा उनले छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।

३० बर्षीया ती व्यक्तिलाई उनकी गर्भवती श्रीमतीले धूम्रपान नगर्न आग्रह गरेकी थिइन् । पक्राउ परेका उनले प्रहरी सँगको बयानमा भनेका छन् ,’उनले मलाई धूम्रपान नगर भनेपछि मलाई निकै असह्‍य भयो , म पागल जस्तै भए र रिसको झोकमा मैले हत्या गरे।’

प्रहरीका अनुसार हत्या गरिएकी ३७ बर्षिया श्रीमती ७ महिनाकी गर्भवती थिइन् । पेटमा रहेको बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै उनले श्रीमानलाई आग्रह गरेकी थिइन्।

प्रतिक्रिया