”श्रीमान गम्भिर” बजाउँदा पक्राउ, किम जोनको जस्तो गणतन्त्र नेपालमा लगाइयो : पशुपती खड्का (भिडियो)

मनिषा थापा

पिएनपिखबर : शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भिर नेपाली” बजाउनु मानवअधिकार रहेको बताएका छन्। गत बैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको शुरुमा “श्रीमान गम्भिर नेपाली” बजाइएको आरोपमा पक्राउ २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा रहेका छन् ।

अध्यक्ष खड्काले पुरानो राष्ट्रिय गान बजाउँदा देशको हुनहार युवालाई पक्राउ गरेर सरकारले आफ्नो कायरता देखाएको उनको आरोप छ। उनी भन्छन, ”गणतन्त्र आफैमा निरकुश तन्त्र हो तर किम जोनले लगाएको गणतन्त्र जस्तो गणतन्त्र नेपालमा लगाइयो। राजनीतिक विरोध गर्दा हाम्रो मान्छे पक्राउ पर्दा हामी उत्साहित र खुशी छौ र हामी राजसंस्था स्थापित गराएर छाड्छौ।”

नेपालमा गणतन्त्र आए पनि पाउनु पर्ने सुख, शान्ति र समृद्धि नपाएको नपाएको कारण गणतन्त्र चाहिदैन भन्ने अभियान लिएर चलिरहेको उनी बताउँछन्। गणतन्त्र विरोधी शाही यूवा शक्तिले केहि दिन अघि प्रधानमन्त्रीको पुत्ला समेत् जलाएका थिए। गणतन्त्रको समाप्त हुने संघारमा रहेको उनको दावी छ।

शाही युवा शक्तिका अध्यक्ष पशुपती खड्काले नेपालमा अहिले पनि धेरै मानिसहरु राजतन्त्रको पक्षमा रहेको भन्दै आफ्नो पार्टीले जनताको पक्षमा वकालत गर्दै आएको दाबी गरे । उनले गणतन्त्रको खारेजी गरेर नेपालमा राजसंस्थाको पुनर्वाहली गर्न जनताहरु जाग्नु पर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने विश्वास ब्यक्त गरें । उनले आउँदो जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रहेको र देश प्रेमीसबैमा साहभागीता जनाउन निमन्त्रणा दिएका छन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू