संकष्टी चतुर्थी आज, भगवान गणेशको पूजा गर्नाले पुरा हुनेछ मनोकामना

मनिषा थापा

पिएनपिखबर :  आज संकष्टी चतुर्थीको दिन शुक्रबार भगवान गणेशको विधि-विधानबाट पूजा गर्नाले सबै मनोकमाना पूर्ण हुनेछ। आज हामी तपाईलाई बताउन जादैछौ यस दिनको महत्व, व्रत र पूजन विधि बारे…

व्रत विधि

गणेशका भक्तहरु यस दिन ब्रत बसेर साझ चन्द्र दर्शन गरेर मात्र तोड्ने गर्छन। व्रत रखने व्यक्तिले फलफुल भने सेवन गर्न पाउने छन। संकष्टी चतुर्थीले संकटलाई नाश गर्ने चतुर्थी मानिन्छ।

पूजा विधि

  • सबैभन्दा पहिला विहान उठेर स्नान गरी सफा अर्थात चोखो कपडा लगाउनुहोस्।
  • पूजाको लागि भगवान गणेशको मुर्तिलाई ईशानकोणमा स्थापित गर्नुहोस।
  • भगवानको अगाडी हात जोडेर पूजा र व्रतको संकल्प लिनुहोस्।
  • त्यसपछि भगवानलाई जल, अक्षेता, दुबो, घाँस, लड्डु, पान, धुप आदि अर्पित गर्नुहोस।
  • अक्षेता र फूललाई लिएर गणेशलाई आफ्नो मनोकामना भन्नुहोस। पछि ओम ‘गं गणपतये
  • नम:’ मन्त्र जपेर गणेशजीलाई ढोग्नुहोस।
  • त्यसपछि पूजा गर्ने थाली अथवा केराको पात लिनुहोस्। त्यसमा त्रिकोण बनाउनुहोस्।
  • त्रिकोणको अग्र भागमा एक घ्युको बत्ती बाल्नुहोस्।
  • यसको साथै बीचमा मुसुरोको दाल, सात सुकेको खुर्सानी राख्नुहोस।
  • पूजा पछि साँझ चन्द्रमालाई शक्खर, चन्दन, दुधले अर्घ्य दिनुहोस।
  • पूजा पछि लड्डू प्रसाद स्वरूप ग्रहण गर्नुहोस।

व्रत कथा
सत्ययुगमा महाराज हरिश्चंद्रको नगरमा एक कुमाले बस्ने गर्दथे। एकपटक उसले भाँडा बनाए तर पाक्दै पाकेन। बार-बार घाँटा भएको देखेर उसले तान्त्रिकलाई सोधे। तान्त्रिकले भने, ‘बलिबाट तिम्रो काम बन्नेछ। तब उसले तपस्वी ऋषि शर्माको मृत्युपछि बेसहारा भएका उनको छोरालाई संकट चौथको दिन बलि दिए।

त्यस युवकको माताले गणेशको पूजा गरेकी थिईन। धेरै खोज्दा पनि नभेटिएपछि पिडितम आमाले गणेशसँग पार्थना गरिन। विहानै उठेर हेर्दा उनको छोरा जीवित नै थिए। यस खबरले तान्त्रिकको कुरा सुनेर बलि दिने कुमालेले राजा कहाँ गई पापलाई स्वीकारे। राजाले ती आमासंग यस चमत्कारको रहस्य सोध्दा उनले गणेशको पूजा बारे बताइन। तब राजाले संकट चौथको महिमा मान्दै पूरा क्षेत्रमा गणेश पूजा गर्ने आदेश दिए। कृष्ण पक्षको चतुर्थीलाई सङ्कट हरिणी मानिन्छ।

प्रतिक्रिया