संखुवासभामा भीषण हावाहुरी

admin

खाँदबारी, ६ जेठ: संखुवासभाको खाँदबारी लगायत स्थानामा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति भएको छ ।दिउसो ३ बजे तिरबाट सुरु भएको हावाहुरीले विभिन्न ठाउँका घरका छानो तथा पाली उडाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरका अनुसार हावाहुरीबाट यकिन कति क्षति भयो भन्नेबारे अनुसन्धान हुँदै छ ।

फाइल फोटो

क्षतिबारे पूर्ण जानकारी प्रहरीले लिने बताइएको छ । केही ठाउँमा त हावाहुरीले रुख समेत लडाएको छ । खाँदबारी–१ का बलबहादुर राई र धनबहादुर बिकको घर छेउको बरको रुख घरमाथि नै ढल्दा क्षति ठूलो पुगेको छ ।

ढलेको रुख स्थानीय, प्रहरी र सेनाले पन्छाउन थालेको छ । हावाहुरीसँगै आएको असिना पानीले अन्नवालीमा समेत ठूलो नोक्सान पुगेको छ । असिनाका कारण फूल फूल्दै गरेका मकै लगायत अन्नवालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया