संघीय नेपालमा प्रादेशिक मनसुनः ‘मनसुनी क्यालेन्डर’मा उतारचढाव

admin

काठमाडौं, जेठ ७ : आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च (सास्कोप) ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो ।

नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । तर श्रीलंका र माल्दिभ्सको पूरै, भारतको दक्षिण र उत्तरतर्फ, पाकिस्तानको उत्तरी, उत्तर अफगानिस्तान र म्यानमारको दक्षिणी भू–भागमा औसत वर्षा नाघ्ने विज्ञहरुले बताएका छन् । हालै काठमाडौंैमा भएको सास्कोपको १४औं जमघटले नजिकिँदो मनसुनबारे यस्तो प्रक्षेपण गरेको हो ।

प्रतिक्रिया