संचार विधाको एक भिडियो जुन सारा नेपालीको लागि प्रेरणाको श्रोत बन्यो (भिडियो)

शर्मिला गुरुङ

काठमाडौँ: युवा व्यवसायी कृसु झाले बनाएको बनाएको संचार विधाको एक भिडियो पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल भयो । कुनै पनि संस्थाको एक निर्णयकर्ताले निर्णय लिँदा तल्लो तहबाट माथिल्लो तहसम्म आइरहँदा चाहेर वा नचाहेर सूचना तोडमोड हुँदा निर्णयकर्ताले कस्तो सूचना पाउन सक्छ र उसले गरेका निर्णय कत्तिको गलत हुन सक्छ भन्ने बिषयमा झाले भिडियो सामग्री फेसबुकमा पोष्ट गरेका थिए। झा शैक्षिक तालिम र परामर्श दिने संस्था केएफएका सीइओ हुनुको साथै नेपालका बिभिन्न कम्पनिमा तालिम र परामर्श दिने गर्छन।

उद्यमीलाई सहि संचारको जरुरत कत्तिको हुन्छ भनेर देखाउन भिडियो तयार पारेको उनले बताए। गलत संचारलाई सच्चाएर अघि बढ्नको लागि पुनः परिक्षण गरेर संस्थालाई अघि बढाउन सकिने र संचारको विभिन्न माध्यम प्रयोग गर्दै जाँदा शत प्रतिशत ध्यान दिनुपर्ने समेत उनले बताए । नौलो काम गरेर आफ्नो सिप क्षमता बढाउनको लागि तालिमको आवश्यकता पर्ने भन्दै उनले जाँगर बढाउन उत्प्रेरणामुलक तालिम लिनुपर्ने र सिपको लागि कौशलसम्बन्धि तालिम लिनुपर्ने उनले जानकारी दिए।


बाँकी हेर्नुस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू