संजोगले वर्षालाई बग्गी चढाएर लगे आफ्नो घर (भिडियो)

मनिषा थापा

नायिका वर्षा राउत र नायक संजोग कोइरालाले विहिबार लाजिमपाटस्थित ५ तारे होटल र्याडिसनमा भव्यरुपमा विवाह सम्पन्न भएको हो ।

प्रेम दिवसको अवसर पारेर लामो समय प्रेमी प्रेमिकाको रुपमा रहेका उनीहरूले अन्ततः विवाह गरेका हुन्। केही दिन अघि मात्रै इङ्गेजमेन्ट गरेका यी जोडीले हिन्दु परम्परा अनुसार लगनगाँठो कसेका हुन् ।

संजोग र वर्षा दुबै खुशी देखिएका छन्। दुलाहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा वर्षा निकै राम्री देखिएकी छिन्। विवाह पश्चात संजोगले वर्षालाई बग्गी चढाएर आफ्नो घर लगेका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया