‘संविधान संशोधनको शर्तमा सरकारमा सहभागी’ : मन्त्री राई

admin

नेपालगञ्ज, ३ पुस: शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संविधान संशोधन गर्नुपर्ने सर्त राखेर आप्mनो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं ५ र कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका अवसरमा उहाँले सर्त पूरा गर्न सरकारको नेतृत्व गरेको दल सकारात्मक रहेको जानकारी गराउनुभयो ।

आप्mनो मन्त्रालयले आवश्यकताका आधारमा जिल्लामा बजेट खर्च गरिरहेको उल्लेख गर्दै उपेक्षामा परेको कर्णाली प्रदेशका लागि पनि ठोस विकास योजना बनाउने तयारीमा रहेको बताउनुभयो । प्रशिक्षणमा सहभागी अगुवा कार्यकर्ताले जिल्लामा गएर पार्टी सङ्गठन विस्तारका लागि खटिनुपर्ने र ग्रामीण तहसम्म सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वरिष्ठ नेता अशोक राईले आफ्नो दल तराई, पहाड र हिमालसम्म सङ्गठन विस्तार अभियानमा लागेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया