सक्नेले जन्मदिन मनाए, नसक्ने रोएर बसे ! एउटै स्कुलमा यस्तो देखियो [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, ३ बैशाख : पोखराका एक बालकले आफ्नो जन्म दिन पोखराको सहिद स्मृति आवासीय विद्यालयमा मनाएका छन् । पोखराको लेकसाइडमा सोसियल मिट जोनका संचालक एवं अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीका अध्यक्ष राजेन्द्र तिमिल्सिना र पुर्णकला राइका छोरा सर्जक तिमिल्सिनाको १० औँ जन्मोत्सब उक्त विद्यालयमा मनाइएको छ । जन्मदिन मनाएसँगै उनिहरुले विद्यालयलाई २५ हजार बराबरका शैक्षिक र खेलकुद सामाग्री पनि सहयोग गरेका छन्।

देश परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेका सहिदका छोराछोरी पढ्ने स्कुलमा छोराको जन्मदिन मनाउन पाउदा निकै खुशी लागेको राजेन्द्रले बताए । छोरालाई समाजसेवाको पाठ सिकाउन र बाहिरि वातावरणमा घुलमिल गराउन आफुहरुले विद्यालयमा ल्याएर जन्मदिन मनाएको उनको भनाई रहेको छ । सर्जकले पनि आफुलाई साथीहरुसँग जन्मदिन मनाउन पाउँदा रमाइलो लागेको बताए ।
हेर्नुहोस खुशी र आँशु मिश्रित भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू