सङ्घीय सरकारले अधिकार खोसेको ठाकुरको आरोप

admin

धनुषा, १० फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेको आरोप लगाउनुभएको छ ।

प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम आउनु भएका उहाँले आज पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकिर गर्नुभयो ।

“सरकार बनाउन हामीले समर्थन गरेका थियौँ न कि त्यसको पछिपछि हिँड्ने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौँ”, उहाँले भन्नुभयो । उहाँले सरकारबाट समर्थन फिर्ता लिने नलिने बारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने बताउनुभयो ।
-रासस

प्रतिक्रिया