सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

शर्मिला गुरुङ

इलाम, १ पुस : सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् ।

विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुनुहुन्छ भने इन्डिजिनियस टेलिभिजनमा बान्तवा भाषाको भलाकुसारी कार्यक्रम पनि चलाउनु हुन्छ । बोलीचालीका क्रममा प्रयोग गरिने शब्द लोप हुने क्रममा रहेकाले शब्दकोषमार्फत पुनर्ताजगीका लागि पुस्तक लेखिएको उहाँको भनाइ छ ।

इलामकै रेडियो नेपाली वाणी एफएमबाट भाषागत कार्यक्रम चलाएर पत्रकारिता पाइला राख्नुभएकी राराहाङले केही समयपछि भाषागत अर्को पुस्तकसमेत लेख्ने बताउनुभएको छ । “मातृभाषालाई व्यवहारिक भाषाका रूपमा झल्काउनका लागि शब्दकोष लोखिएको हो”, उहाँले भन्नुभयो, “हाम्रो भाषा बोलीचालीका रूपमा मात्र प्रयोग भएकाले यसलाई टेवा पु¥याउन शब्दकोष लेखिएको हो । रासस

प्रतिक्रिया