सञ्जु बाबालाई भेट्न पुगे समाजसेवी विनय जंग बस्नेत [भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : समाजसेवी विनय जंग बस्नेतलाई नचिन्ने सायद कमै होलान्। उनी समाजसेवीको साथ-साथै सञ्चारकर्मी पनि हुन। हुन त विनय जंग बस्नेतको यो सुध्रिएको जीवन भनौ या नयाँ जीवन हो।

ललितपुरका स्थायी बासिन्दा उनी कलेज पढ्ने समयमा साथी संगतले नराम्ररी कुलतमा फसे।
ख्याल-ख्यालमै तानेको चुरोटको एक सर्कोले जीवन यसरी तहसनहस गरिदिन्छ भन्ने उनले कल्पना पनि गरेका थिएनन् सायद, कल्पना गरेको हुँदो हो त उनले त्यो जीवन भोग्न पर्दैन थिए जुन कोहि नभएका बेसाहाराहरुले भोगिरहेका छ्न।

त्यहीँ कुलतको कारणले सात जुनीसम्म सँगै जिउने सँगै मर्ने कसम खाएर बिवाह बन्धनमा बाधिएकी श्रीमतीले समेत उनलाई छोडेर गईन् । बाबा आमाको मायामा हुर्किने अवस्थाकी छोरी च्यापेर जब श्रीमती माईती गाईन उनी झन सबैबाट एक्लो भए। सबै बाट अपहेलित बन्न पुगे।

कुलतकै कारणले आफ्नो जिन्दगी बिग्रीरहेको छ भन्ने कुरा उनलाई थाहा नभएको हैन। तर उनलाई नसा बिना बस्न गाह्रो भइसकेको थियो। लागुपदार्थ नखाउन्जेल दिमागमा यी सब कुराहरु आउथ्यो । जब उनी नसामा लिन हुन्थे सबै भुलेर बिन्दास बन्थे । उनी कुलतबाट मुक्त हुन सुधार केन्द्रमा पनि बसे। उनले धेरै वर्ष नसाकै तालमा लठ्ठीएर सडक-सडक भौतारिएर एक्लो जिन्दगी बिताए ।

तर अहिले उनले नयाँ जीवन पाइसकेका छ्न। उनी कुलत बाट मुक्त भइसकेका छन् । उनी अहिले पाएको नयाँ जीवन समाजसेवामा अर्पिन चहान्छ्न, अर्पण गरिरहेका पनि छ्न । उनी गरिब दुखी र कुलतमा फसेकाहरुको सेवामा तल्लिन छन । उनले अहिलेसम्म थुप्रै बेबारिसे लासहरुको सदगद गरिसकेका छ्न भने असहायहरुको सेवा गर्नाका लागि बाआमा घर समेत निर्माण गरेका छन्

उनै समाजसेवी विनय जंग बस्नेत कुनै बेला सुधार केन्द्रमा बस्दा भेट भएको साथी सन्जु बाबालाई भेट्न पुगेका छ्न। कुलतकै कारण एचआईभीको सिकार बन्न पुगेका सन्जु बाबा अहिले स्पर्श नेपाल नामक संस्थामा उपचारत छ्न।

विनय जंग बस्नेत र सन्जु बाबासँग पिएनपिखबर डटवकमले गरेको कुराकानी हेर्नुस् भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू