उद्धार गरिएको भैँसी चाहियो भन्दै पशु स्याहार केन्द्रलाई आयो धम्की

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : लगनखेलमा अलपत्र अवस्थामा छोडेको भैँसीलाई सोमबार बिहान ६ बजे करुणा पशु स्याहार केन्द्रले उद्दार गरेको छ। तराईबाट व्यापारीले मासुको लागि सवारी साधनमा कोचेर निर्ममतापूर्वक ल्याइएको एउटा भैँसीलाई अलपत्र अवस्थामा छोडिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीकै रोहबरमा करुणा पशु स्याहार केन्द्रले उक्त भैँसीको उद्धार गरेको थियो । तर अहिले भने एक जना व्यक्ति  “म हुँ भैँसीको मालिक, मेरो भैँसी चाहियो” भन्दै करुणा पशु स्याहार केन्द्रमा गई धम्की दिइरहेको केन्द्रका सस्थापकले पिएनपिखबरलाई बताए ।

यद्दपी केन्द्रका सदस्यहरुले भने बरु भैँसी यहिँ मरोस तर यस्तो निर्ममतापुर्वक काट्न लैजान नदिने बताएका छन ।

उद्धार गरिएको भैँसी  

तस्विर: पिएनपिखबर

 

प्रतिक्रिया