सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?

admin

काठमाडौं , साउन १९ :देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमान समेत परेको नेताहरुको गुनासो छ ।

पार्टी चलायमान हुन सरकारका राम्रा कार्यसमेत जनतासमक्ष सञ्चार हुन सकेका छैनन् । सबै संयन्त्र निर्माण भएर स्पष्ट दिशा लिन नसक्दा कार्यकर्ताहरुले सरकारका कार्यको खुलेर प्रशंसा गर्न समेत सकेका छैनन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई निर्माण भएको नेकपामा पार्टीका नियमित कार्यक्रम ने हुन छोडेका हुन् । त्यसैगरी, पार्टीभित्र सांगठनिक एकीकरण सम्बन्धमा व्यापक छलफल पनि हुने गरेको छैन भने बैठक पनि नियमित रुपमा हुन छोडेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

प्रतिक्रिया