सनसनीपूर्ण खुलाशा, बमजनको आश्रममा अहिलेसम्म प्रहरीले केहि भेटेको छैन, मिडियाले दुष्प्रचार गर्यो [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। राम बहादुर बम्जम अहिले प्रहरीको अनुसन्धानको घेरामा परिरहेका छन्। उनको कालो कर्तुत बाहिरिए पछि उनी र उनको आश्रममा अनुसन्धान शुरु गरिएको हो।

कहिले बम्जमले विदेशी नागरिकलाई बन्धक बनाएको त कहिले कुटपिट गरेको, कहिले त्येहिका आनीलाई यौन सोषण गरेको त कहिले हातपात गरेको , यो भन्दा पनि डरलाग्दो रहस्य त गुरुमार्गीहरु हराएको समाचारले अहिले झनै चर्चा पाइरहेको छ।

रौतहट जिल्लाको ब्रहमटोल घर भएकी १८ वर्षिया गंगा मोक्तान २०७१ सालमा बमजनको आश्रम पुगेकी थिइन। आश्रममा बस्दै गरेको बेला आफूमाथि यौन शोषण गरेको मोक्तानको आरोप छ। पटक पटक यौन शोषणमा परेको कुरा सार्वजनिक गर्ने भनेपछि गंगालाई ८ लाख रुपैया चोरी गरेको आरोपमा आश्रमबाट निकालियो।

यहिँ काण्ड पश्चात नै सेतो पाटी अनलाइनले आखिर राम बहादुर बम्जमको आश्रम भैरहेको चाही के छ भनेर लामो समय सम्म खोजअनुशंधान गर्यो। अथक प्रयासको लामो अनुशन्धान पछि आश्रममा गुरुमार्गीहरु नै बेपत्ता भएको समाचार बाहिरिएको हो।

सत्य तथ्य बुझ आश्रम पुगेका पत्रकारमाथि नै निर्घात कुटपिट समेत भएको खबर अहिले चर्चाको विषय बनेको छ। रामबहादुर बमजनको आश्रमबाट हराइरहेका मानिसको हत्या भएको हुनसक्ने आसङ्कामा प्रहरीले रामबहादुर बमजन को सिन्धुपाल्चोक स्थित बाडेगाउको टोड्केबारी स्थित आश्रमलाई पाच दिन सम्म निगरानीमा राखेर विशेष अनुसन्धान गरि प्रहरिको केन्द्रिय अनुसन्धान टोलि पौष २७ गते फर्किएको हो।

आश्रमका सञ्चालक र केही धर्म अनुयायीले प्रहरीले कुनै प्रमाण फेला पार्न नसकेको बताए पनि प्रहरीको केन्द्रिय अनुसन्धान टोलिले कुकुर प्रयोग गरेर गरेको अनुसन्धानले धेरै प्रमाणहरु फेला पारेको छ । तर प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाकी छ।

प्रहरीले बमजन को सयनकक्ष नजिकै रहेको सङ्कास्पद स्थानमा कुकुरले सङ्केत गरेको र स्वस्थान मा उत्खनन् गर्दा, महिलाको सल, झोला,चात्तिएको लुगाको टुक्र ,च्यात्तिएको चकटी लगायतका धेरै सामाग्री फेला पारेको अनुसन्धान प्रक्रियामा सम्लग्न एक सदस्यले बताएका छ्न।

अनुसन्धानको क्रममा धेरै समाचारहरु सामाजिक संजालमा प्रकाशित पनि भइसकेका छन्। यद्दपि ति समाचार भ्रामक मात्र भएको कुनै सत्यता नभएको भन्दै बम्जमका अनुयायीहरुले खण्डन गर्दै आएका छन्।

बम्जमको आश्रमबाट नुनको प्याकेट, कंकाल भेटिएको भनिएको खबर झुटो भएको भन्दै बम्जमकै एक अनुयायी सुनबिर तामांगले आफ्नो भनाई राखेका छन्। हुन तव जसको कुरा सुन्यो उसकै कुरा सहि लाग्छ। तर सत्य आखिर के हो त ? यो भने अझै पट्ट लगाउन सकिएको छैन।

विस्तृत जानकारीको लागि सत्य तथ्य पत्ता लगाउन सिन्धुपाल्चोक पुगेको पिएनपि मिडियाको टिमले सुनबिर तामांगसँग गरेको कुराकानी हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू