सन्तान नभएर दिक्क हुनुहुन्छ? अपनाउनुस यी उपाय

रिता घिसिंग

एजेन्सी : सबै आमा बुवालाई सन्तानको इच्छा हुन्छ नै।तर केही कारणले कुनै आमा बुवालाई सन्तान सुख प्राप्त हुँदैन। यस्ता आमा बुवाले निरास नभइ केही तरिका अपनाउनु पर्छ। जसबाट सन्तान प्राप्तिको समस्या हट्न सक्छ। जसको जन्म कुण्डलीमा राहु पाँचौं स्थानमा हुन्छ उनीहरुलाई सन्तान सुखमा समस्या हुन्छ। यो समस्याबाट छुटकारा पाउन मुख्य ढोकाको तलपट्टी चाँदीको पत्र बनाएर राख्नुस् त्यसबाट सन्तान हुने संभावना रहन्छ।

यदि धेरै उपचार गर्दा पनि सन्तान भएनन् भने ४० दिनसम्म पाँच वटा मुला राति श्रीमतीको सिरानीमा राख्नुस्। र, ती मुलालाई भोलिपल्ट भगवान शिवको मन्दिरमा चढाउनुस्। यो प्रक्रिया तीनदेखि चार पटक सम्म गर्नुस् तपाइँको सन्तान हुन्छन्।

निसन्तान दम्पत्तिलाई सुनौलो रङको कौडा पनि निकै उपयोगी हुन्छन्। यसकालागि आइतबार पाँच कौडालाई लिएर मन्त्र उच्चारण गर्नुस् र यी कौडीलाई पहेँलो रुपमा राखेर श्रीमतीको कम्मरमा बाँध्नुस्। यसो गर्दा चाँडै सन्तान हुने विश्वास गरिन्छ।

दान गर्दा कयौं समस्याको समाधान हुने विश्वास गरिन्छ। स्त्रीले कुनै गरिव अथवा ब्राम्हणलाई भोजन तथा वस्त्र दान गर्दा पुण्य प्राप्ति हुन्छ। यदि घर बाहिर निस्किँदा कालो गाई देखियो भने गाईको शीरमा हात राखेर ढोग्दा शुभ मानिन्छ।

सन्तान प्राप्तिकालागि बिहीबारका दिन गँहुको पिठोको डल्ला बनाएर त्यसमा चनाको दाल र थोरै बेसार मिसाएर गाईलाई खुवाउँदा बृहस्पती खुशी हुनछन्। जसका कारण चाँडै सन्तान हुने विश्वास गरिन्छ।

प्रतिक्रिया