सपिङ्ग गर्न महल पुगिन महिला, लाईनमा बसि पर्स हेर्दा बिल बराबर थिएन पैसा

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको टेक्सासमा वॉलमार्ट शॉपिंग सेन्टरमा एक महिला सपिङ्ग गर्न जान्छिन। बच्चासंगै सपिङ्ग गरेपछि महिला बिल तिर्न लाइनमा बस्छिन। घरको राशन र जरुरी सामान लिएर लाईनमा बसेकी महिलाले पर्स निकाल्छन। जब बिल जनरेट हुन्छन र महिलाले हेर्छन। उनीसंग बिल तिर्नको लागि पुग्ने पैसा हुदैन। लाजले महिलालाई के गर्ने भन्ने नै थाहा हुदैन। उनि रुन लागेको थियो सोहिसमयमा क्यासियरले उनको समस्या बुझेर महिलाको हात समाएर साइडमा ‘ म्याडम यदि तपाई एकछिन कुर्नुहुन्छ भने म तपाइको पुरा बिल तिरदिन्छु।’ भन्छन जुन सुनेर महिलाको आँखाबाट आसु आउछ।

यो घटना देखि रहेका एक जना ग्राहकले उक्त दयालु मन भएका क्यासियरको कहानी सामाजिक संजालमा राखेपछि अहिले उनि समाजिक संजालमा भाइरल भैरहेका छन् ।

रिपोर्टका अनुसार क्यासियर १९ बर्षिय जेआर लोपेज हुन्। उनि मेहेनतका साथ काम गर्छन र आफ्नो कलेजको फी तिर्छन। लोपेज आफैलाई नपुग्ने उनको तलब छ तैपनि उनि उक्त महिलालाई सहयोग गर्न तयार भएको देखेर सबै जनाले सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

सामाजिक संजालमा उनको कहानी भाइरल भएपछी उनि कहाँ मिडिया पुगे। लोपेजले एक जना महिलालाई मात्र होइन धेरैलाई सहयोग गरिसकेका छन्। उनि भन्छन ‘यस्तो अवस्थामा रहेकाहरुलाई भगवानले मलाई सहयोग गर भनि आदेश दिएका कारण मैले यसो गरेका हुन्। ‘ उनि भन्छन ‘यदि कोहि मनिस खुशी हुनुको कारण म बन्न सकेमा मेरो जीवनको उद्देश्य पुरा हुन्छ। ‘

प्रतिक्रिया