समाजकै उदाहरणीय विवाह : राम्री बुहारी पाएपछि भावुक भए लेखबहादुर मोक्तानका बाबु-आमा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : होचा पुड्का संघका महासचिव लेखबहादुर मोक्तान र उपाध्यक्ष रुकमनी खड्काको विवाह भव्य रुपमा सम्पन्न भएको छ। उनीहरुको ७ वर्ष देखिको प्रेम दाम्पतीय जीवनमा परिणत भएको हो।

लेखनाथको अन्तरजातीय विवाह भएको थियो। परिवारको सहमतिमा उनीहरुको विवाह भएको थियो। लेखनाथको विवाहले उनका आमाबुबा निकै नै खुशी छन्। उनकी आमा भन्छिन, ‘जवाना बद्लिसक्यो, अब जातभातको कुरा छैन। म एकदम खुशी छु।’

उनको विवाहमा उनका आफन्तजन,होचा पुड्का संघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। सानो कद भएका व्यक्तिहरुमा यस्तो भव्य विवाह खुलेआम मन्दिरमा पहिलोपटक भएको लेखनाथका मित्र दलबहादुर कार्कीले बताए। यसअघि सार्वजनिक स्थलमा कहिले पनि विवाह भएको थिएन। होचा पुड्का संघका सदस्यहरुले यो एक एतिहासिक विवाह भएको जनाए । त्यहाँ सरिक भएका सबैले हर्षित हुँदै लेखबाहादुर र रुकमणिलाई विवाहको शुभकामना दिएका थिए।

होचा पुड्का संघका अध्य्क्ष निर्मल मोक्रातीले राष्ट्रिय सम्मेलन फाल्गुन २० र २१ गते हुने बताए। होचा पुड्काहरुको हकहित र अधिकारको माग गर्दै राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको उनको भनाई छ। शो सम्मेलनमा नेपालभरी छरिएर रहेका होचा पुड्काले सहभागिता जनाउन समेत आग्रह गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू