समिरमानकी श्रीमतीले रुँदै भनिन्, ‘शरद गौचनको हत्याको अभियोगमा मेरो श्रीमानलाई इन्काउन्टर गर्न खोजियो’ [हेर्नुहोस् भिडियो सहित्]

मनिषा थापा

भक्तपुर  :  गुण्डा नाइके समिरमान सिंह बस्नेतको श्रीमतीले आफ्ना पतिलाई प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियोगमा जेलमा रहेका समिरमान सिंहलाई प्रहरीले इन्काउन्टर गर्न लागेको आरोप परिवारको छ ।

काठमाडौंको नख्खु जेलमा रहेका समिरमान सिंह बस्नेतलाई हालै मुस्ताङ जेल सरुवा गरिएको छ ।उनीहरुले जेल सरुवा गरेको प्रति उनको श्रीमतीले आपत्ती जनाएका छन् । समिरमानले जेलभित्र पनि शंकास्पद गतिविधि गरेको भन्दै उनलाई मुस्ताङ लगिएको हो ।

बस्नेतकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले जालझेल र षड्यन्त्रपूर्वक समिरलाई रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।

समिरमानलाई लैजानु अघिल्लो दिन राति मात्र परिवारलाई जानकारी दिइएको बस्नेतकी श्रीमती मायाले बताइन् । त्यो दिन राति ६ बजे मात्र मुस्ताङ लगिँदैछ भनेर जानकारी दिइएको थियो, उनले भनिन् । श्रीमानलाई मुस्ताङ लैजान लागेको थाहा पाएर उनी मोटरसाइकलमा पोखरा पुगेर श्रीमानलाई भेटेको बताइन् । त्यो बेलामा मैले सोध्दा कहाँ लगिँदैछ मलाई थाहा छैन भन्नुभयो उनले भनिन् ।

काठमाडौंको मुद्याका अभियुक्तलाई मुस्ताङ पुर्याइएको भन्दै उनीहरुले यसमा इन्काउण्टर गर्ने षडयन्त्र रहेको बताए । श्रीमती मायाले समिरमानको जीवन रक्षाको माग गर्दै पत्रकार सम्मेलन गरेकी छन् । जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्, ‘बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो ।’ समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्णप्रसाद शर्माले ‘समिरको केशमा राज्य मानवअधिकार दिने कुरामा चुक्न खोजेको आशंका ब्यक्त गरे ।

गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको थियो । उनी गौचन हत्याको आरोपमा मंसिरमा पक्राउ परेका थिए । पक्राउ परेपछि नख्खु कारागारमा रहेका समिरलाई असोज १५ गते मुस्ताङ लगिएको हो ।

हर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू