समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ: मन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति

चरिकोट, ५ कात्तिक :सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताउनुभएको छ । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताउनुभयो ।

हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पु¥याउने सरकारको उद्देश्य रहेको बताउनुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महीनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिनेछ भन्नुभयो । नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारितातिर लागेको उल्लेख गर्नुहुँदै उहाँले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिनेछ भन्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताउनुभयो । कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, रचना खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया