सरकारका लागि ‘यसो गरे कसो होला ? पुस्तक प्रतिपक्षी बनेर आएको छ : पूर्वमन्त्री पोखरेल

शर्मिला गुरुङ

काठमाडौं, ४ पुस : पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको पूर्वमन्त्री पोखरेलले पत्रकार बजगाईंद्धारा लिखित पुस्तक राज्यको लागि प्रतिपक्षका रुपमा आएको बताए । उनले भने,‘पत्रकारीतामा लामो समयदेखि क्रियाशिल बजगाईंले धेरै पुस्तक लेख्नुभएको छ, १६औं पुस्तकका रुपमा ल्याउनुभएको यसो गरे कसो होला? पुस्तक निक्कै महत्वपूर्ण छ, यो पुस्तक सत्ताको लागि प्रतिपक्षी बनेर आएको छ, पुस्तकबाट सरकारले धेरै कुरा सच्चाउन र आफ्ना कार्यहरु सुधार गर्न सहयोग गर्ने मैले विश्वास लिएको छु ।’
उनले अघि थपे,‘मुलुकको चिन्ता, चासो, जनताको सुरक्षाजस्ता हुटहुटीहरु यस पुस्तकमा लेखिएका छन्, पत्रकारीता आँफैमा महत्वपूर्ण पाटो भएकोले पनि उहाँले पुस्तकमा दर्शनभन्दा पनि सामान्य रुपमा विकसित मुलुक र सुखि, खुसि नागरिक हुनुपर्छ भन्ने सन्देश समावेश गर्नुभएको छ, पुस्तक न त सत्तामा जान्छु, न त राजनीति गर्छ, निःस्वार्थ रुपमा राज्यको विकास र समृद्धिको लागि आह्वान गरिरहेको छ, सरकारको लागि यो भन्दा अर्को प्रतिपक्ष के हुन सक्छ ?’
हरिओम वालमुन्दाय नम रियल स्टेट प्रालिले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा लेखक बजगाईले मुलुमलाई समृद्धितर्फ अघि बढाउन सरकार र जनताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखेका छन् ।

पुस्तकका बारेमा बोल्दै बजगाईंले भने,‘मैले यस पुस्तकमा २७ वटा उप–शिर्षकमा लेखेको छु, आर्थिक अनियमितता, विकास निमार्णका कामहरुमा ढिलाई, भ्रष्टचार न्युनिकरणका बारेमा, ठेकदारी प्राणालीले विकास निर्माणका कामहरुमा ढिलाएका विषयहरुलाई साधारण सम्पादकीय रुपमा लेखेको छु ।’
पुस्तकका प्रकाशक राजेन्द्र प्रसाद सुवेदीले सरकारले विचौलियाहरुलाई घरजग्गा कारोबारमा अवैध घोषणा गरेर कारबाही गर्न माग गरेका छन् ।
पुस्तकमा समेत भ्रष्टाचार, विचौलियाहरुको मनोमानी अन्त्य लगायतका विषयहरु समावेश भएको भन्दै उनले पुस्तक प्रकाशन गरेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरी लम्साल, कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव मोहन प्रसाद पन्तलगायतले पुस्तकका बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू