सरकारले आतंक शैलीमा चितवनमा आक्रमण गर्यो : अभियान्ता नगेन्द्र देउजा

मनिषा थापा

पिएनपिखबर : वीर गोर्खालिका अभियान्ता नगेन्द्र देउजाले भ्रष्टचार विरुद्ध अभियानको कार्यक्रम माथि सरकारले दमन गरेर विथोलेको आरोप लगाएका छन्। उनले सरकार आफै भ्रष्टाचार गरेको कारण कार्यक्रम गर्न नदिएको उनको गुनासो छ।

देशमा व्याप्त भ्रष्टाचार बिरुद्धको कार्यक्रममा भ्रस्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहि, वीर गोर्खालीका अभियन्ता नगेन्द्र देउजा र पुर्व बाललडाकु लेनिन बिष्टले एकसाथ चितवनको गत ११ गते सम्बोधन गर्ने कार्यक्रम थियो। उनले भने, ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ताहरुले वीर गोर्खालीका अभियन्तासँग थोरै मात्र समन्वय गरेको भए त्यस दिन चितवनमा घटना घट्ने थिएन।’

उनले यस घटनामा प्रचण्ड पुष्प कमल दाहाल, प्रचण्ड पुत्री रेणु दाहाल र पर्यटन मन्त्री योगेश भट्टराईको संलग्नता रहेको आरोप लगाएका छन्। उनले चितवनका एसपी दान बहादुरले घटना हुने थाहाँ हुँदा पनि हमला गर्नेलाई नरोकेको र घटना पछि पनि हमला गर्ने थाहाँहुँदा हुँदै पक्राउ नगरेको आरोप लगाए।
उनले दान बहादुर मल्ललाई प्रश्न गर्दै भनेका छन् – ‘तपाई जनताको एसपी कि प्रचण्ड र रेणु दाहालको एसपी मात्रै हो ?’ उनले सरकारले आतंक शैलीमा चितवनमा आक्रमण भएको जनाए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू