सरकारले जनस्वास्थ्य माथि खेलबाड गर्यो : स्वामी तथागत (भिडियो)

मनिषा थापा

भक्तपुर : सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोध चौतर्फीबाट भईरहेको छ। 

यसैबीच पछिल्लो समय भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएका स्वामी तथागत विक्रम खड्काले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाए ।

उनले भने, ”सरकारको यो निर्णयले आमाबुबाले सन्तानलाई विषादी खान दिए जस्तै भयो। सरकारले पहिला भारतबाट आएको फलफुल तथा तरकारीमा जांच गर्ने भनेको सुन्दा निकै राम्रो लागेको थियो। पछि भारतीय दुतावासको एक पत्रले गर्दा निर्णयबाट पछि हट्नु सरकार कै अपमान भएको देखिन्छ।”

सरकारको यो कदमले स्वाभिमानमाथि नै प्रश्न उठेको भन्दै उनले दुख व्यक्त गरे। सरकारले सत्ताको लागि जसको पनि खुट्टा ढोग्ने गरेको उनको आरोप छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू