‘सरकारले विकासका काम गर्न सकेन’ :पूर्वउपप्रधानमन्त्री केसी

admin

काठमाडौँ, ४ फागुन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको स्पष्ट पार्नुभएको छ । 

उहाँले भन्नुभयो, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।” 

नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाउनुभयो । 

 

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप लगाउनुभयो । शान्ति, सुरक्षाको अवस्था चिन्ताजनक भएको बताउँदै गजुरेलले संविधानमा जनताको आवाज नसमेटेकाले संविधानलाई जरैदेखि उखेल्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारको एकवर्षे कार्यकाल अलोकप्रिय भएपनि घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको दाबी गर्नुभयो । सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको चर्चा गर्दै उहाँले मजदुरको ज्याला ३९ प्रतिशत वृद्धि गरेको बताउनुभयो । 

-रासस

प्रतिक्रिया