सरकार मेरो अघि लागे म ३० दिनभित्र विषादीरहित देश बनाउँछु : दिपेन्द्र कँडेल (भिडियो)

मनिषा थापा

भक्तपुर : पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा रहेको विषादीले नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै भाषामा गम्भिर ध्यानाकार्षण गराएका छन् ।

 

गत शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सरकार र भारतसरकारले चाहेमा आफुले ३० दिनभित्र विषादी जाँच गर्ने औजार लाउने बताए। उनले भने, ‘म ३० दिनभित्र विषादीको मुद्दा समाधान गर्छु। तर सरकार मेरो अघि लाग्नुपर्छ।’

पहिलो कार्यकालको शुरुवातमै नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा सम्बोधन गर्दा ‘भारतले जितेका सबै युद्धमा नेपालीले खुन बगाएको’ कुरा सम्झिंदै कँडेलले भने,‘मोदी ज्यू, बहादुर नेपाली त भारतलाई चाहिएको छ, त्यसैले बहादुर बनाउनको लागि पनि स्वच्छ र तेजिलो तरकारी खानुपर्छ।

३ करोड नेपालीको नेतृत्व गर्ने प्रधानमन्त्रीले भारतबाट आउँने विषादीको विषयमा बोल्न पर्ने बेला आएको उनले जनाए। उनले नेपालमा भित्रिने तरकारीले भारतबाटै आएका पर्यटकले समेत् खानेभएकोले दुवै राष्ट्रको स्वास्थ्यमा असर पर्ने जनाए।

पिएनपिखबरको कुराकानी गर्दै उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ सबैलाई पछि पार्दै मोदी विश्वकै शक्तिशाली नेता बनेका उनलाई आफ्नो आदर्श मान्ने कँडेलको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू