सरितालाई परिवारै मिलेर मारेका हुन भन्दै स्थानीयबासीले घेराउ गरे प्रहरी चौकी (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को हत्यामा संलग्न रहेका आरोपीहरुलाई आजीवन जेल सजायको माग गर्दै स्थानीय बासिन्दा र माइती पक्षले मंगलबार धुलिखेल प्रहरी चौकी घेराउ गरेका छन्।

केहि दिन अघि सरिता दाहालले सहकारीमा काम गर्नका लागि नागरिकता बनाईदिन जेठाज्युलाई आग्रह गरेकी थिइन्। तर जेठाज्युले बुहारीलाई नागरिकता दिँदा पछि गएर सम्पतिको दाबी गर्न सकिने हुदा मारेको हुन् सक्ने महिला अधिकार मंचका संयोजक मन्जु पाठकले बताईन् ।

उनको श्रीमान घटना पछि फरार भएता पनि प्रहरीले पछि उनलाई हिरासतमा लिएको थियो। मृतकका श्रीमानले आफुले मारेको स्वीकारेका छन्। एकतर्फ अभियुक्त मृतकका श्रीमानले अरु कसैको संलग्नता नरहेको बयान दिएका छन् भने अर्कोतर्फ छिमेकीहरुले मानोरोगिको औषधी खाने श्रीमानले हत्या गरेको हुन् नसक्ने बताएका छन्। श्रीमान-श्रीमतीको झगडा भएको आफुहरु कसैले नसुनेको स्थानीयहरुको भनाई छ।

गत शुक्रबार प्रहरीले उनकै कोठामा मृतअवस्थामा फेला पारेको हो । बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकी थिइन। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसार, मृतकको घाँटीमा सानो डोरीको डाम बसेको, उत्तानो अवस्थामा फेला परेकी हुन् ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएता पनि छिमेकीले भने मृतकका श्रीमानले मारेको हुन् नसक्ने तर्क व्यक्त गरेका छन्। सासुसँग पहिले देखि नै खटपट भईरहने र छरछिमेकमा बोल्दा पनि सासुले अनेक गाली गर्ने एक स्थानीयले बताईन। जेठानी, जेठाजु र सासुससुरा मिलेर हत्या गरेको उनीहरुले आरोप लगाएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू