सरिता हत्या काण्डको पछिल्लो अपडेट : पुरा परिवारै कारागार चलान (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत वैशाख १२ गते आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६की २५ वर्षीया मृतक सरिता दुलालको सब परिवारलाई जेल चलान गरीएको छ। सामुहिक रुपमा परिवारका ५ जना (सानू, ससुरा, जेठाजु, जेठानी र श्रीमान) सहितले योजनाबद्द रुपमा हत्या गरेको प्रमाण सहित जिल्ला अदालतले बिहिबार पक्राउपुर्जी सहित पुर्पक्षका लागि पाचै जनालाई राखेको छ।

मृतक सरिताको छिमेकी तथा माइती पक्षले भने अभियुक्तलाई आजीवन काराबास हुनु पर्ने माग गर्दै विहिबार धुलिखेल प्रहरी कार्यालय घेराउ गरेका थिए।

एक स्थानीयले भने, ‘न्यायधीसको फैसलाले हामी खुशी छौ। जेल सजायको निश्चित समय भने अहिले तोकिएको छैन। उनीहरुलाई आजीवन कारोबास हुनुपर्छ नभए आगामी दिनमा पनि यस्तो घटना नघट्ला भन्न सकिन्न।’ उनको परिवारले आफ्नो छोरालाई मात्र फसाउन खोजि आफु उम्किन खोजेको स्थानीयको गुनासो छ।

सरिताले न्याय नपाएसम्म सबै महिला मिलेर धुलिखेल प्रहरी कार्यालय घेराउ गरिरहेने देउपुरकी स्थानिय मंजु पाठकले बताइन। उनले भनिन्, ‘मरेर गएकी बुहारीलाई कान्छो ससुरासँग पल्केको र अंश खान खोजेको आरोप लगाइरहेका छन्। यस्तालाई सकेसम्म लामो जेल सजाय हुनूपर्छ। ‘

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू