सलमानको फिल्म ‘भारत’को लागि १० करोडको सेट तयार, सुटिङका क्रममा पूरै सेट ध्वस्त पारिने

रिता घिसिंग

एजेन्सी : बलिउडका दबंग स्टार सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो । रोचक त के भने सुटिङका क्रममा यो पूरै सेट ध्वस्त पारिनेछ ।

कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाइमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू