सहन्यायाधिवक्ता थापा घुस रकमसहित पक्राउ

admin

काठमाडौँ, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
-रासस

प्रतिक्रिया