क्यान्सर पिडित बालकका लागि सहयोगको अपिल

मनिषा थापा

पिएनपिखबर : संखुवासभा घर भई हाल मोरङ्ग बस्दै आएका १२ वर्षीय बालक विनोद विक विगत केहि महिना देखि बल्ड क्यान्सर रोगबाट पिडित छन्।

उनको हाल बाल कान्ति अस्पतालमा उपचार भईरहेको छ। उपचारमा धेरै खर्च हुने भएकोले उनको उपारको लागि अर्थिक समस्यामा परिवार परेको छ। उनको बुबा ज्याला मजदुरी गरेर घरको गुजारा गर्दै आएका थिए। तर अचनाक छोरालाई यस्तो रोग लागे पछि उनी इन्तु न चित्नुको अबस्थामा छन्।

छोराकै उपचारका लागि उनले भएको थोरै जग्गाजमिन पनि बेचे तर डाक्टरले १८ लाख लाग्न सक्ने बताएका छन। उनले रुँदै हात जोडी भने, ‘मेरो साथमा १५ सय रुपैया पनि छैन, मेरो छोरालाई कसरी बचाउँ।’

क्यान्सर पिडित १२ वर्षीय बालक विनोदले भने भने, ‘मलाई बाच्न रहर छ मलाई सहयोग गरी बचाईदिनुहोस।’ तपाईहरुको सानो सहयोगले धनबहादुरको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू